सुचना, समाचार र मनोरन्जन

‘नरसिंहाः अवतार’को रिलिज दुई दिनअघि ‘तिम्रो मात्र हुने मन छ’दर्शकलाई उपहार

काठमाडौं :

शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’मा समावेश गीत ‘तिम्रो मात्र हुने मन छ’ रिलिज गरिएको छ। फिल्मको बूकिङ खुलिसकेको दुई दिनअघि गीतको भिडियो रिलिज गरिएको हो।

‘तिम्रो मात्र हुने मन छ’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सैराज खाती र मनीषा सुनवारको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार राज कटुवाल र सनिशा भट्टराईलाई नचाइएको छ। उनीहरु यो गीतको भिडियोमा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन्। फिल्ममा उनीहरुको जोडी नै रहेको निर्माण पक्षले जानकारी दिइसकेको छ। यस गीतको भिडियोमा माइकल चन्दको कोरियोग्राफी,राजु थापाको डीओपी रहेको छ।

फिल्ममा राज र सनिशाका अलवा राजेश हमाल, नीति शाह,नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, प्रकाश जंग कुँवर, प्रभु श्रेष्ठ, अमित गिरी, टार्जन लगायतका कलाकारहरूको अभिनय छ। दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपानेको लगानी छ।

यो फिल्मलाई प्रेम, विछोड, सस्पेन्स र बदलाको कथामा निर्माण गरिएको छ। फिल्ममा साहिल खान र मिलन श्रेष्ठको सम्पादन,चन्द्र पन्तको कथा, राजु तामाङको एक्सन छ।

Leave A Reply

Your email address will not be published.