काठमाडौं :
गैर आवसिय नेपाली संघ पोर्चुगलको १० औँ एकताको महाधिवेशनको तयारी भइरहेको छ। यसमा विभिन्न पदका लागि उम्मेदवारी दिनेहरु बढिरहको अवस्थामा स्वतन्त्रबाट पेम्बा शेर्पा उठेका छन्।
उनी दश औँ महाधिवेशनमा युवा संयोजक पदका लागि उनी दश औँ महाधिवेशनमा युवा संयोजक पदका लागि नोमिनेसनको फर्म भर्ने तयारीमा छन्। पोर्चुगलमा रहेका नेपालीहरुको सुख दुखमा सहायात्री बन्दै आएका शेर्पाले ‘तेरो मेरो होइन,हाम्रो भनौँ,एनआर एन राम्रो बनाऔँ’भन्ने नाराका साथ चुनावी मैदानमा होमिएका हुन्।
यसअघि उनी यसको एनआर एन पोर्चुगलको केन्दिय कार्य सदस्य रहेका थिए। उनले आफ्नो २ वर्षे कार्यकालमा थुप्रै राम्रो काम गरेकाले यस पटक संयोजकमा उठेको बताए। परिचयसँगको कुराकानीमा उनले यसमहाधिवेशनमा उठ्नका लागि साथ सहयोगको अपेक्षा रहेको बताए।
उनी भन्छन्,‘नेपालमा राजनीतिक उताढचढावका कारण बस्न सकिएन। नेपालमा रहँदा ट्याक्सी व्यवसायमा पनि निकै संघर्ष गरेको हो। तर व्यवसायमा सरकारले नै गरि खान नदिएपछि विदेशीको हुँ। दुख के हो भन्ने बुझेको छु। त्यसैले विदेशमा रहेका नेपालीहरुको सहयात्री बन्नका लागि भए पनि मैले युवा संयोजकमा उमेदवारी दिएको हुँ। यसमा मेरो अरु कुनै स्वार्थ छैन।’
नेपालमा रहँदा लामो समय टयाक्सी चालकका रुपमा काम गरेका शेर्पा केहि वर्षदेखि पोर्चुगलमा बस्दै आएका छन्।