सुचना, समाचार र मनोरन्जन

प्रतिक्षा काफ्लेको ‘मलाई तीजको रहर’ सार्वजनिक

काठमाडौं :

 प्रतिक्षा काफ्लेको अभिनय र गायिका सुजाता उपाध्यायको स्वर रहेको तीज गीत ‘मलाई तीजको रहर’ को भिडियो सार्वजनिक गरिएको छ। निर्माण टिमले हालै उक्त गीतको भिडियो युट्युबमार्फत रिलिज गरेको हो।

गीतमा किरण भण्डारीको शब्द र संगीत, उदयराज पौडेलको एरेञ्ज, तथा चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ। भिडियोलाई सुशील डाँगीले छायांकन गरेका छन् भने सम्पादन साईमन राजबंशीले गरेका हुन्। कोरियोग्राफी जीवन शाहीको रहेको छ भने निर्देशन पनि उनी स्वयंले गरेका हुन्।

टिपिकल लोकशैलीमा फ्युजन गरिएको मौलिक तीज गीत गायिका सुजाता उपाध्यायकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। टेलिचलचित्रमा सक्रिय अभिनेत्री प्रतिक्षा काफ्लेले, “तीजमा साथीभाइ भेला भएर छमछम नाच्न मिल्ने यो गीतले दर्शक र स्रोताको मन जित्नेमा म विश्वस्त छु,” भनिन्।

साथै, क्षणिक चर्चाका लागि बनाइने छाडा र दोअर्थी गीतहरूले दूषित बनाएको वर्तमान संगीत बजारलाई शुद्ध बनाउन र देशको कला, संस्कृति तथा मौलिकता जोगाउन यस्ता गीतहरूबाट टेवा पुग्ने पनि उनले उल्लेख गरिन्।

Leave A Reply

Your email address will not be published.