सुचना, समाचार र मनोरन्जन

आलोचनाबीच रेखाको अभिव्यक्ति: समस्या भाग्यमा होइन, रोजाइमा

काठमाडौं :

रेखा थापाले नेपाल र भाग्यलाई दोष दिने प्रवृत्तिमाथि कडा टिप्पणी गरेकी छन्। पछिल्लो समय विभिन्न अभिव्यक्तिका कारण आलोचनामा परिरहेकी थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै समस्या देश वा भाग्यमा नभई “रोजाइ” मा हुने बताएकी हुन्।

उनले लेखेकी छन्, “केही मान्छे भन्छन् नेपाल खराब छ, हाम्रो भाग्य खराब छ। भाग्य र यो देश खराब होइन, हाम्रो रोजाइ खराब हुन्छ।”

थापाको यो भनाइ सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। समर्थकहरूले उनको भनाइलाई आत्मआलोचना र जिम्मेवारीबोधसँग जोडेर समर्थन गरेका छन् भने आलोचकहरूले वर्तमान राजनीतिक र सामाजिक अवस्थाप्रति असन्तुष्टि जनाउने नागरिकलाई लक्षित गरेर दिएको अभिव्यक्तिको रूपमा टिप्पणी गरेका छन्।

हालसालैका राजनीतिक अभिव्यक्ति र सार्वजनिक धारणा कारण थापा आलोचनाको केन्द्रमा रहँदै आएकी छन्। यद्यपि, उनले आफ्नो विचारमा अडिग रहँदै व्यक्तिगत रोजाइ र निर्णयले नै देशको दिशा तय गर्ने संकेत गरेकी छन्।

उनको भनाइले देशको समसामयिक बहस—राजनीतिक विकल्प, नेतृत्व चयन र नागरिक जिम्मेवारी—लाई फेरि एकपटक सतहमा ल्याएको छ।

Leave A Reply

Your email address will not be published.