सुचना, समाचार र मनोरन्जन

‘कस्तुरी’ सुटिङमा फर्किइन् नीशा अधिकारी, निखिल उप्रेतीसँग फेरि सहकार्य

काठमाडौं :

प्रतिनिधी सभाको चुनावको चटारो सकिएसँगै अभिनेत्री तथा नेत्री नीशा अधिकारी फिल्मको छायांकनमा निस्किएकी छन्। गत माघ २७ गतेबाट फिल्म ‘कस्तुरी’ को शुभमूहुर्तसँगै छायांकन थालिएको थियो। उनी गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ को उम्मेदवार बनेकी थिइन्। चुनावमा नराम्ररी हार व्यहोरेपछि उनी आफ्नो फिल्ममा खटिएकी हुन्।

ऋत बोहोराको निर्देशनमा निर्माण भइरहेको यस फिल्ममा अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटी,शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बम्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम र विशेष भुमिकामा गौरव पहारी र हेना नगरकोटीको अभिनय रहनेछ।

अरु कलाकारहरुले फिल्मको छायांकन गरिरहेको भएता पनि उनको बाँकी रहेको थियो।नीशाले सुटिङ सेटमा पुगेर निखिलसँगैको एक फोटो सामाजिक सञ्जालमा राख्दै भनेकी छन्,‘मेरो पहिलो को(स्टार भएकाले होला,निखिल उप्रेती दाइसँगका कुरा जहिले पनि मिठा लाग्छन्। पहिलो फिल्मको पहिलो को–स्टार अहिलेसम्म पनि सँगै काम गरिरहन पाएकोमा एकदमै खुसी लाग्छ।’

आफ्ना मतदाता तथा फिल्मकर्मीहरुलाई धन्यवाद दिदै आफु सुटिङमा व्यस्त हुन थालेको उल्लेख गरेकी छन्। उनले अगाडि भन्छिन्,‘आजदेखि ‘कस्तुरी’को सुटिङमा व्यस्त हुँदैछु। चुनावसम्म मलाई पर्खेर बस्नु भएकोमा ‘कस्तुरी’ टिमप्रति हार्दिक धन्यवाद।’

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा ऋत बोहोराले नै लेखेका हुन्। यस फिल्मका निर्माता धिरज कुमार अग्रवाल हुन् भने को(प्रोड्युसरमा अञ्जली चौधरी रहेकी छन्। फिल्मका छायांकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह(निर्देशक ललित विष्ट हुनेछन्। त्यसै गरि फिल्मको संगीत प्रशान्त शिवाकोटीको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गर्दै छन्।

Leave A Reply

Your email address will not be published.