सुचना, समाचार र मनोरन्जन

‘परालको आगो’ टिजर रिलिजपछि सुहाना थापाको भावुक पत्र

काठमाडौं :

आगामी बैशाख ११ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म हो,‘परालको आगो। यो फिल्म ४५ वर्षपछि पुन निर्माण भएको हो। यस फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् भने फिल्मको लगानी सुशील पोखरेलले गरेका हुन्।

यस फिल्ममा अभिनेत्री सुहाना थापा,प्रकाश सपुत,सौगात मल्ल लगायतले अभिनय गरेका छन्। पहिलो पटक सुहाना थापाले बाहिरको व्यानरमा अभिनय गरेकी हुन्। यो फिल्मको पोस्टर रिलिज भएदेखि नै चर्चामा छ। टिजर आएपछि सुहाना थापा आफै पनि उत्साहित देखिन्छिन्। उनले यस कथाका लेखक गुरु प्रसाद मैनालीलाई समेत पत्र लेखेकी छन्।

उनको पत्र यस्तो छ,‘मेरो पत्र स्वर्गीय गुरु प्रसाद मैनालीलाई। हजुर साँच्चै नेपाली साहित्य र यसको इतिहासका एक अद्वितीय रत्न हुनुहुन्छ—‘एक अद्भुत स्रष्टा’। हजुरले आफ्नो जीवन नै हाम्रो समाजका यथार्थ क्षणहरूलाई शब्दमा कुँद्न समर्पित गर्नुभयो।
हजुरको कालजयी कृति ‘परालको आगो” पनि त्यही यथार्थको एक सशक्त अभिव्यक्ति हो। आज पनि त्यो कथा हाम्रो तथाकथिहजुर साँच्चै नेपाली साहित्य र यसको इतिहासका एक अद्वितीय रत्न हुनुहुन्छ “एक अद्भुत स्रष्टा”। हजुरले आफ्नो जीवन नै हाम्रो समाजका यथार्थ क्षणहरूलाई शब्दमा कुँद्न समर्पित गर्नुभयो।

हजुरको कालजयी कृति ‘परालको आगो’पनि त्यही यथार्थको एक सशक्त अभिव्यक्ति हो। आज पनि त्यो कथा हाम्रो तथाकथित “आधुनिक” समाजमा उत्तिकै गुञ्जिरहेको छ। वास्तवमा, त्यो केवल कथा मात्र होइन, यो हरेक घरभित्र लुकेर बसेको एउटा मौन यथार्थ हो।
“लोग्ने–स्वास्नीको झगडा परालको आगो” भन्ने उखानले समाजको एउटा गहिरो सामाजिक व्यङ्ग्यलाई संकेत गर्छ। परालको आगोझैँ “छिटो बल्ने र छिटो निभ्ने” भन्दै धेरै कुराहरूलाई सामान्य बनाइन्छ। कतिपय अवस्थामा “घरेलु हिंसालाई” समेत त्यस्तै रूपमा बुझिन्छ; पराल जस्तै बल्ने र चाँडै निभेझैँ, समय नबित्दै बिर्सिनुपर्ने कुरा जस्तो। अनि त्यसलाई सहज रूपमा “लोग्ने–स्वास्नीको झगडा”, अर्थात् माया–प्रेमको एउटा “नासो” भनेर समाजले टारिदिन्छ।

तर ती शब्दहरूभित्र लुकेको पीडा र यथार्थलाई देख्ने दृष्टि हजुरसँग थियो। आज हजुरले सिर्जना गर्नुभएको गौथली पात्रलाई सम्झँदा पनि त्यही साहस झल्किन्छ। गौथली त्यस्ती पात्र हो जसले आफ्नो धारणा र विचार राख्न कहिल्यै पछि हटिन। तर उसको यही साहसलाई समाजले प्रायः नकारात्मक रूपमा व्याख्या गर्दछ। उसलाई “मुखाले”, “छुच्चो”, “घमण्डी” भन्ने आरोप लगाइन्छ।
तर जब मैले गौथलीलाई नजिकबाट बुझे, मैले उसमा अरूले नदेखेको एउटा गहिरो सत्य भेटेँ। कहिलेकाहीँ परिवर्तन ल्याउन सत्यलाई स्वीकार गर्नुपर्छ, र त्यो सत्यलाई समाजको ऐनाजस्तै हेर्नुपर्छ।

“केही सत्य त केवल समाजको ऐना बनेर उभिन्छन्।”
गौथली किन छोडेर गइन भन्ने प्रश्नभन्दा पनि, समाजको परिस्थितिले उसलाई किन उड्न दिएन भन्ने प्रश्न अझ गहिरो छ। हजुरले यही गहिरो यथार्थलाई सीमित शब्दहरूमा अत्यन्त प्रभावकारी ढङ्गले व्यक्त गर्नुभयो।आज, हजुरकै त्यही यथार्थपरक सिर्जनाबाट जन्मिएको साहसी गौथलीलाई म आफ्नो जीवन र कर्मको यात्राबाट फेरि समाजको अगाडि ल्याउन सकेकी छु।
प्रिय गौथली—

जो आज पनि आफ्नै स्वरमा गाइरहेकी छिन्।
“उडि जाऊँ भने म पन्छी होइन…।

Leave A Reply

Your email address will not be published.