सुचना, समाचार र मनोरन्जन

सुपरहिट ‘आ बाट आमा’को सिक्वेलमा सबिनको प्रवेश

काठमाडौं :

निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा२’मा अभिनेता सबिन श्रेष्ठको इन्ट्री भएको छ। उनलाई निर्देशक तथा निर्माता पन्तले फिल्मको एक प्रमुख भूमिकामा अनुबन्ध गरेका हुन्।

यसअघि नै फिल्ममा पल शाह, विपना थापा, आकाश श्रेष्ठलगायत कलाकार अनुबन्ध भइसकेका छन्। फिल्मको शुभमुहूर्त समेत सम्पन्न भइसकेको छ। गत सोमबार बिहान निर्माण टिमले पाटन बंगलामुखी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभारम्भ गरेको हो।गत वर्ष प्रदर्शनमा आएको ‘आ बाट आमा’ सफल भएपछि त्यसकै सिक्वेलका रूपमा ‘आ बाट आमा२’ निर्माण हुन लागेको हो। यस फिल्ममा प्रदीप रावत, गजित बिष्ट, नरेन खड्कालगायत कलाकारको पनि अभिनय रहनेछ।

निर्माण टिमले भने अहिलेसम्म अभिनेत्रीको नाम सार्वजनिक गरेको छैन। फिल्ममा कुन अभिनेत्री देखिनेछन् भन्ने विषयलाई गोप्य राखिएको छ।
आगामी दशैंमा प्रदर्शन गर्ने लक्ष्यसहित फिल्म केही साताभित्र फ्लोरमा जाने तयारीमा छ। फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेख्नेछन् भने वितरण आर आर फिल्म्सले गर्नेछ। आर्या इन्टरटेनमेन्ट प्रा।लि।को ब्यानरमा निर्माण हुने यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। साथै, प्रोडक्सन म्यानेजरका रूपमा करणसिंह रसाली रहनेछन्।

Leave A Reply

Your email address will not be published.