सुचना, समाचार र मनोरन्जन

विदेशमा रहेका १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विभिन्न देशमा रहेका १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

यस्तै बैठकले यही वैशाख २८ गते सोमवार दिउँसो ४ बजे सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय गरेको छ । सदनमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ र असंलग्न श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि १९४७ अनुमोदनका लागि सङ्घीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

Leave A Reply

Your email address will not be published.