सुचना, समाचार र मनोरन्जन

फिल्म ‘मन विनाको धन २’ मा महेश त्रिपाठी अनुबन्धित, पूजा शर्मासँग जोडी बाँधिने

काठमाडौं :

टंक बुढाथोकीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मन विनाको धन २’ मा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन्। निर्देशक बुढाथोकीले महेशसँग फिल्मका लागि औपचारिक रूपमा कागजी सम्झौता गरिसकेका छन्।

यसअघि नै मुख्य अभिनेत्रीको रूपमा पूजा शर्मा अनुबन्धित भइसकेको यस फिल्ममा महेशको भूमिका कस्तो हुनेछ भन्नेबारे भने निर्माण पक्षले खुलाएको छैन। पूजा र महेशको जोडी बाँधिने हो वा उनीहरू फरक भूमिकामा देखिने हुन् भन्ने विषयमा पनि निर्माण पक्ष अहिले मौन छ। टंक बुढाथोकी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्म पारिवारिक र सामाजिक कथामा आधारित हुने बताइएको छ।

फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखिरहेका छन् भने कथा र संगीत स्वयं निर्देशक टंक बुढाथोकीकै रहनेछ। टंकले फिल्मका सबै पात्रमा दर्शकले रुचाएका र नाम चलेका कलाकारहरूलाई समेट्ने योजना रहेको जानकारी दिएका छन्। विष्णु माया मैनाली निर्माता रहेको यस फिल्मको बाँकी कलाकार र प्राविधिक टोलीको बारेमा थप जानकारी निर्माण पक्षले चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ।

Leave A Reply

Your email address will not be published.