Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मूर्छित संविधान ब्युँझाउन नागरिक खबरदारी: पोखरामा संविधानको १० वर्षे समीक्षा
- ‘बेहुली’को गीत ‘दिलमा ठाउँ छ’ को ४८ घण्टा नबित्दै टिकटकमा ५० हजारभन्दा बढी भिडियो
- छाउपडी प्रथामाथि बनेको चलचित्र ‘हली’को काठमाडौँमा विशेष शो, निर्माण टोली उत्साहित
- काठमाडौँ विश्वविद्यालयको सम्बन्धनमा पोखरामा अशोका कलेज सञ्चालनमा आउँदै
- प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ: मन्त्री पोखरेल
- प्रहरी निरीक्षक राजन ढकाल असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
- ‘खाली भयो जेब’ लिएर आए कस्तुप पन्त,रामजी खाँण र एलिना चौहान
- अनलाईन स्क्याम गर्ने भारतीय नागरिक सहितको गिरोह पक्राउ
- मिस नेपालको स्टेजले आफूप्रतिको आत्मविश्वास बढाएको छ : कशिश
- सञ्जय राईको डेब्यु निर्देशनमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी
तनहुँ जलविद्युत् आयोजनाः मुख्य बाँध ५० प्रतिशत पूरा
तनहुँ,
तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट गरिएको छ ।
एक सय ४० मिटर उचाइको यो बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।
प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि सुरुङलगायत अन्य संरचनाको निर्माण सम्पन्न भएको छ ।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भएको छ ।