
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा नन्दकुमारी सुवेदी ढुंगाना मनोनीत
- नेपालमा लगानी गर्न भारतीय उद्योगीलाई महासंघ अध्यक्ष श्रेष्ठको आह्वान
- पोखरा लेडी जेसिजको अध्यक्षमा नन्द कुमारी सुवेदी ढुंगाना
- पोखरामा प्रथम ‘किङ्स कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा
- पञ्चकोटमा ठडिँदै १०८ फिट अग्लो विश्वशान्ति कलश
- घोप्टेभिरमा दैनिक पाँच घण्टा आवागमन बन्द
- देवघाटधामको प्रचारप्रसार गर्दै आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु
- ३६औं जन्मदिनमा कार्तिक आर्यनको सरप्राइज
- गोली प्रहारको घटनापछि टाइगर श्रॉफको कमब्याक, ‘देवा श्री गणेशा’ मा जमे
- निश्चलको ‘डेनी डेन्जरस’का हिरो हो धिरज?
तनहुँ जलविद्युत् आयोजनाः मुख्य बाँध ५० प्रतिशत पूरा
तनहुँ,
तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट गरिएको छ ।

एक सय ४० मिटर उचाइको यो बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास गरिएको छ ।
प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ । मुख्य बाँध निर्माणका लागि सुरुङलगायत अन्य संरचनाको निर्माण सम्पन्न भएको छ ।
मुख्य बाँध निर्माणका लागि सेती नदीलाई पथान्तरण गरिएको छ । बाँधको माथिल्लो र तल्लो तटीय क्षेत्रमा अस्थायी बाँध निर्माण सम्पन्न भएको छ ।