
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
एसियन छनोटः हङ्कङले नेपाललाई दियो १८९ रनको लक्ष्य
काठमाडौँ,
एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तगर्तको आज भइरहेको खेलमा हङ्कङले नेपाललाई जितका लािग एक सय ८९ रनको लक्ष्य दिएको छ । सिङ्गापुरस्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८८ रनको योगफल बनाएको हो ।
हङ्कङका लागि अशुङ्मन रथले सर्वाधिक ८० रनको योगदान दिए । उनले ४५ बलमा छ चौका र छ छक्काको सहयोगमा ८० रनको अर्धशतकीय इनिङ खेलेका हुन् । त्यस्तै सहिद वासिफले २८ बलमा सात चौका र तीन छक्काका साथ ५५ रन बनाउँदै आउट भए भने शिव माथुरले २१ बलमा २६ रन बनाए ।

बलिङतर्फ नेपालका लागि शेर मल्लले चार विकेट लिए । त्यसैगरी करण केसीले दुई विकेट लिए भने सन्दीप लामिछानेले एक विकेट झारे । नेपालले सेमिफाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । यता हङ्कङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको हो । यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजनामा हुने एसियन खेलका लागि छनोट भइसकेका छन् ।
यसैबीच, दीपेन्द्र सिंह ऐरीले आफ्नो ट्वान्टी–२० अन्तरराष्ट्रिय ‘करियर’मा आजकै खेलमार्फत १०० खेल पूरा गरेका छन् । सन् २०१८ जुलाई २९ तारिखमा नेदरल्याण्ड्सविरुद्ध लण्डनको लड्समा पहिलो ट्वान्टी–२० आई खेलेका उनले आज भएको हङ्कङविरुद्धको खेलमा १०० खेल पूरा गरेका हुन् ।