काठमाडौं :
लालीबजारले पुरा गर्यो एक महिना, उस्तै छ दर्शकमा क्रेज। प्रदर्शनको ३० औँ दिनमा समेत हाउसफुल भएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, कार्यकारी निर्माता प्रदीप भट्टराई, निर्माता म्याक्स दीपेश खत्री विभिन्न सिनेमा घरमा पुगेर दर्शकलाई धन्यवाद दिँदै साक्षात्कार गरेका छन् ।
यसैबीच वरिष्ठ निर्देशक तुलसी घिमिरेले फिल्म हेरेर अभिनेत्री स्वस्तिमा खड्का, नव अभिनेता विशाल देवकोटा, अभिनेता रवीन्द्रसिंह बानियाँ लगायतको तारिफ गरेका छन् । फिल्म आम दर्शकसँगै कलात्मक खोज्ने दुवैलाई ुलालीबजारु प्याकेज रहेको उनले बताए ।
निकै सुन्दर फिल्म हेरे, जहाँ कला र व्यवसायिकताको पूर्ण मिश्रण छ। अर्थात् कलात्मक हेर्न चाहने दर्शकले धेरै कुरा पाउँछन् भने मनोरन्जनका लागि सिनेमा घर पुग्ने दर्शक पनि एकछिन पनि बोर हुदैनन्। तर, यो फिल्मले सिनेमाघरबाट निस्किदै गर्दा मनोरन्जनसँगै शिक्षाको महत्व बुझाउँछ, हामीलाई कुप्रथा विरुद्ध आवाज उठाउन प्रेरणा दिन्छ । यो गज्जब बनेको छु, निर्देशक घिमिरेले भने ।