सुचना, समाचार र मनोरन्जन

रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा

चितवन,

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी चयनका लागि भएको मतदान सकिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियो ।

मतदानका लागि पाँच बजेसम्मको समय निर्धारण गरेको रास्वपा निर्वाचन आयोगले पाँच बजेसँगै हलको ढोका बन्द गरे पनि भित्र प्रवेश गरेकाहरूलाई मतदान गर्न दिने बताएको छ ।

आयोगका अनुसार पदाधिकारीको मतदानमा १२र१३ सयको हाराहारीमा मत खसेको छ । ८० वटै मेसिनबाट कलेक्सन गर्न समय लाग्ने भएकोले अहिले नै यकिन गर्न नसकिने आयोगको भनाइ छ ।

आयोगका अनुसार अबको डेढ घण्टामा नतिजा घोषणा गर्ने तयारी भइरहेको छ । मतदान सकिएलगत्तै नतिजा सार्वजनिक गर्ने र नवनिर्वाचित केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण हुने रास्वपाले जनाएको छ ।

महाधिवेशन आयोजक समितिले जारी गरेको सूचनाअनुसार नवनिर्वाचित सबै पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रम आज शुक्रबार साँझ ६ः ३० बजे महाधिवेशन स्थलको हलमै हुनेछ ।

आयोजकले शपथग्रहण कार्यक्रममा सहभागी हुन सबै निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अनुरोध गरेको छ । आइतबार उद्घाटन भएको महाधिवेशन तीन दिनमा सकिने भनिए पनि लम्बिएर ६ दिन लागेको छ ।

Leave A Reply

Your email address will not be published.