सुचना, समाचार र मनोरन्जन

१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो

सुर्खेत,

दुर्घटना भएको १२ दिन बितिसक्दा पनि कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र उक्त गाडीका सहचालकको अवस्था अझै अज्ञात छ ।

सुरक्षा निकायले विभिन्न प्राविधिक टोलीबाट खोजी कार्य गरे पनि गाडी र सहचालकबारे कुनै विवरण फेला पार्न सकेको छैन ।

त्बतब
ँगतगचभककयात
असार १८ गते बिहान ११स्३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क।प्र। ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।

ीबहmष् कगलचष्कभ दबलप
गाडी राजमार्गबाट करिब ४ सय मिटर तल कर्णाली नदीमा खसेको थियो । त्यसपछि गाडी नदीमा डुबेको थियो भने सवार ५ मध्ये ४ जना गाडीसँगै नदीमा बेपत्ता भएका थिए ।

क्जष्खबm ऋझभलत
कालिकोटको पचालझरना गाउँपालिका–९ निवासी ५४ वर्षीय जेखे तिरुवा भने भीरमा अड्किएको अवस्थामा फेला परेका थिए ।

ब्कष्बल एबष्लतक
दुल्लु अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । त्यस्तै, गाडीसँगै नदीमा बेपत्ता भएका कालिकोटको पचालझरना गाउँपालिका–९ का मेगे तिरुवाको शव अघिल्लो सोमबार कैलालीको सुङ्गरखाला क्षेत्रमा भेटिएको थियो ।

ब्चनजबपजबअजष् ऋझभलत
त्यस्तै, कालिकोटको रास्कोट नगरपालिका–२ की १८ वर्षीया सिर्जनाको शव गत मङ्गलबार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका—४ मा पर्ने डङ्डगे क्षेत्रमा भेटिएको थियो ।

ल्बदष् िदबलप
तुलाराम सुवेदीको शव ९ दिनपछि अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदीको किनारमा भेटिएको हो ।

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँ निवासी चालक सुवेदीको शव भेटिए पनि उनका भाइ तथा सहचालक रामप्रसाद सुवेदीको अवस्था भने अझै अज्ञात छ ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले पानी परिरहेको र नदीको बहाव बढिरहेकाले खोजी कार्यमा खटिएको जनशक्ति पनि फर्किएको रातोपाटीलाई बताए ।

उनका अनुसार, अहिले केही सशस्त्र र केही नेपाल प्रहरीबाहेक बाँकी प्राविधिक टोली, नेपाली सेना तथा प्रहरी जनशक्ति फर्किएको छ ।

खोजी कार्यका लागि सशस्त्र प्रहरीको सुर्खेत बाहिनीबाट ६ जनाको गोताखोर टोली र ड्रोन क्यामरासहितको टोली घटना भएकै दिनबाट खटिएको थियो ।

त्यसपछि विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट सहायक प्रहरी निरीक्षकको कमान्डमा ५ जनाको टोली अत्याधुनिक उपकरण ९सोनार क्यामरा, म्याग्नेट० सहित परिचालन गरिएको थियो ।

यद्यपि अहिले उक्त टोली फर्किएको प्रमुख जिल्ला अधिकारी सारुले बताए । ‘धमिलो पानीमा सोनार क्यामराले खासै काम नगर्ने रहेछ,’ उनले थपे, ‘उहाँहरू फर्किनुभयो ।’

त्यहाँ नेपाली सेनाको हेलिकप्टरद्वारा समेत खोजतलास गर्ने काम भए पनि केही विवरण पत्ता लागेन ।

हालसम्म पत्ता लागेका शव पनि खोजी कार्यमा सक्रिय सुरक्षाकर्मी तथा प्राविधिक टोलीले पत्ता लगाएका होइनन् । नदी किनारका स्थानीयले देखेपछि प्रहरीकहाँ खबर गरेका थिए ।

‘नदीमा पानीको बहाव झन्–झन् बढिरहेको छ, खोजी कार्य गर्न कठिन भयो,’ सारुले भने, ‘जसका कारण धेरैजसो जनशक्ति फर्किएको छ ।’

Leave A Reply

Your email address will not be published.