सुचना, समाचार र मनोरन्जन

शान्ता जिसीले ल्याइन् ‘पीर कल्लाई छैन र’, दर्शकको माया पाउनेमा आशावादी

बुटवल :

जापानमा रहेर पनि नेपाली लोक तथा तीज संगीतलाई निरन्तर माया र योगदान दिँदै आएकी गायिका शान्ता जिसीले नयाँ तीज गीत ‘नजिकै पीर कल्लाई छैन र’ सार्वजनिक गरेकी छन्। नेपाली मौलिकता, संस्कृति र तीज पर्वको भावनालाई समेटिएको यस गीतले दर्शक तथा श्रोताको मन जित्नेमा निर्माण पक्ष आशावादी रहेको छ।

गीतमा सुमधुर स्वरका धनी शान्ता जिसी र प्रेम सापकोटा सोनुको स्वर रहेको छ। गीतका शब्द, लय तथा संगीत पनि प्रेम सापकोटा सोनुले नै तयार गरेका हुन्। गीतको एरेञ्जमेन्ट याम थापा मगर, मिक्सिङ तथा मास्टरिङ विनोद परियारले गरेका छन्। गीतको रेकर्डिङ जोन स्टुडियोमा गरिएको हो।गीतको भिडियो निर्देशन जेरी भण्डारीले गरेका छन्। भिडियोमा सरोज प्रज्जा र रचना न्यौपानेको अभिनय रहेको छ। छायांकन दुर्गा पौडेल, सम्पादन तथा रङ संयोजन नवीन घर्ती मगरले गरेका हुन्। भिडियोको पोस्ट प्रोडक्सन एडभेन्चर इन्टरटेन्मेन्टले गरेको छ।

जापानमा बसोबास गर्दै आए पनि नेपाली भाषा, संस्कृति र मौलिक लोक संगीतप्रतिको प्रेमलाई निरन्तरता दिँदै आएकी गायिका शान्ता जिसीले यस गीतमार्फत तीजको उल्लास र नेपालीपनलाई दर्शकसामु प्रस्तुत गरेकी छन्।शान्ता जिसी अफिसियलमार्फत सार्वजनिक गरिएको उक्त गीतले तीजको माहोलमा दर्शक तथा श्रोताबाट राम्रो माया र प्रतिक्रिया पाउने अपेक्षा गरिएको गायिका शान्ता जिसीले बताउनुभएको छ।

Leave A Reply

Your email address will not be published.