सुचना, समाचार र मनोरन्जन

पोखरा उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयन आज, अध्यक्षमा ४ जनाबिच प्रतिस्पर्धा

पोखरा,

पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि मतदान जारी छ । ३६ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न २७ सय भन्दा बढी मतदाता मतदानमा सहभागी हुँदैछन् ।

बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने बताइएको छ । अध्यक्ष पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन् । अर्जुन पोखरेल, बलराम आचार्य, शोभा गौतम र उत्तममान बुद्धाचार्यबिच प्रतिस्पर्धा छ ।

आचार्य र गौतमले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रूपमा भिड्दै छन् । निर्वाचनले अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.