सुचना, समाचार र मनोरन्जन

नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा रुषा न्यौपाने नियुक्त

काठमाडौं :
मोडल तथा अभिनेत्री रुषा न्यौपाने नव लक्स कस्मेटिक ब्राण्डको ब्राण्ड एम्बेसडरमा नियुक्त भएकी छिन्। नव लक्स र रुषाबीच कागजी सम्झौता पनि भइसकेको छ। जनवरी २०२६ देखि नेपालमै उत्पादन हुँदै आएको नव लक्समा फेसवास,मोइस्चराइजर, टोनर, एसपी ५० सनस्क्रिन क्रिम, भिटामिन ‘सी’ सिरम र फुट क्रिम गरी ६ वटा प्रोडक्ट रहेको वन लक्सले जनाएको छ।

रुषा अहिले छायांकन भइरहेको चलचित्र ‘म मदनकृष्ण’की अभिनेत्री हुन्। उनले यसअघि ‘जन्ते बाख्रो’लगायत फिचर फिल्लमा काम गरिसकेकी छन् । रुषाले दर्जनौँ म्युजिक भिडियोमा पनि काम गरेकी छन्। “म यो ब्रान्डसँग जोडिन पाउँदा आफैँमा खुसी छ। आफैँले प्रयोग गर्दै आएको कस्मेटिकको ब्रान्डसँग जोडिन पाउनु मेरा लागि गौरवको कुरा हो,” रुषाले भनिन्, “म यो ब्रान्डलाई माथि उठाउन र जनस्तरसम्म पुर्याउन मैसे सकेको गर्नेछु ।

Leave A Reply

Your email address will not be published.