सुचना, समाचार र मनोरन्जन

आनीको प्रख्यात गीत ‘फूलको आँखामा’ अब हिन्दीमा पनि

काठमाडौं :

देशी तथा विदेशीको मुखमा झुण्डिएको गीत हो ‘फूलको आँखामा फूलै संसार।’ दुई दशकअघि आनीछोइङ डोल्माको स्वरमा गाएको यो गीत अहिले पनि उतिकै चर्चामा छ। हरेक चोक तथा कार्यक्रममा यो गीत गुञ्जदै आएको छ।

यहीँ बहुचर्चित गीतलाई अब स्रोताले हिन्दी भाषामा पनि गुञ्जिने भएको छ। प्रसिद्ध भारतीय गीतकार गुलजारले यो गीतलाई हिन्दीमा अनुवाद गर्दै रेकर्ड गराउने भएका छन्।गीतको नेपाली संस्करणमा चाहिँ दुर्गालाल श्रेष्ठको शब्द, न्यूह बज्राचार्यको संगीत, गोपाल रसाइलीको एरेन्ज र आनीको स्वर रहेको यो गीत हिन्दीमा पनि आनीले गाउने छिन्।

आनीले गाउने भए पनि यो गीतको संगीत कम्पोज कसले गर्ने भन्ने निधो भै नसकेको आनीको भनाई छ। ‘फूलको आँखामा..’ गीत सन् २००४ मा रिलिज भएको आनीको एल्बम ‘मोमेन्ट्स अफ ब्लिस’मा संग्रहित छ।

Leave A Reply

Your email address will not be published.