सुचना, समाचार र मनोरन्जन

‘अञ्जिला’को १३ दिने कमाई ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन

काठमाडौं :

घरेलु बक्स अफिसमा सुपर हिट भएको फिलम ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। निर्माण टिमले फिल्मका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मङ्गलवारसम्म देशभरका हलहरूबाट प्राप्त रिपोर्टका आधारमा निर्मातालाई बुझाएका छन्।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठले फिल्मको दोस्रो सातासम्मको प्रदर्शन पनि अघिल्लो हप्ता अनुसार अपेक्षाकृत रहेको बताए छ। उनले भने,‘हामीले सोचेजस्तै चलचित्रले राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ। अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौँ ।’

निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरे।

उनले थपे,‘नेपाली दर्शकले राम्रो सिनेमा रुचाउने प्रवृत्ति फेरि प्रमाणित भएको छ। कथा,प्रस्तुतीकरण र कलाकारहरूको उत्कृष्ट अभिनयले दर्शकलाई हलसम्म ल्याएको छ। आगामी दिनमा अझ राम्रो प्रदर्शन हुने आशा छ।’

यस फिल्म विश्वभरका १६ देशमा प्रदर्शनमा आउँदै छ। नेपालको प्रतिक्रिया हेरी ओभरसिज वितरकहरूले चलचित्रको माग गरेको निर्देशकले बताए। यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ,जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्।

फिल्ममा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।
बिहीबारदेखि तेस्रो हप्ता प्रवेश हुने यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.