सुचना, समाचार र मनोरन्जन

आजदेखि नयाँ कर कार्यान्वयनमा, वार्षिक १० लाख कमाउने व्यक्तिले एक प्रतिशत आयकर तिर्नुपर्ने

काठमाडौँ,

नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले वृद्धि गरेको आयकरको न्यूनतम सीमाको नयाँ प्रावधान आजदेखि लागु भएको छ ।

आर्थिक वर्ष २०८३÷८४ देखि सरकारले व्यक्तिका हकमा आयकरको न्यूनतम सीमा १० लाख पुर्‍याएको छ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाएको छ ।

अर्थ मन्त्रालयका अनुसार करको बोझ घटाउन आयको न्यूनतम सीमा बढाइएको हो । आर्थिक ऐन २०८३ अनुसार वार्षिक १० लाख रुपैयाँसम्म रोजगारीको करयोग्य आय भए अब १ प्रतिशतमात्र कर लाग्ने छ ।

तर, एकलौटी फर्म दर्ता भएका करदाताका हकमा निवृत्तिभरण बापत आय निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस खण्ड बमोजिमको कर लाग्ने छैन ।

१० लाख रुपैयाँभन्दा बढी तर १५ लाखसम्म करयोग्य आय भए १० लाखसम्म १० हजार रुपैयाँ र १० लाखभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने छ ।

१५ लाख रुपैयाँभन्दा बढी तर २५ लाखसम्म करयोग्य आय भए १५ लाखसम्म ६० हजार र १५ लाखभन्दा बढी करयोग्य आयमा २० प्रतिशत आयकर लाग्ने व्यवस्था बजेटले गरेको छ ।

२५ लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए २५ लाखसम्म २ लाख ६० हजार र २५ लाखभन्दा बढी करयोग्य आयमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी करयोग्य आय भए बढी भएजति करयोग्य आयमा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था बजेटले गरेको छ ।

अहिले आयकर ऐन २०५८ मा एकल व्यक्तिका हकमा पहिलो ५ लाख रुपैयाँसम्म र दम्पतीका हकमा पहिलो ६ लाख रुपैयाँसम्मको वार्षिक आयमा एक प्रतिशत सामाजिक सुरक्षा करमात्र लिने व्यवस्था छ ।

त्यसभन्दा माथिको अर्को २ लाखमा १० प्रतिशत, अर्को ३ लाखमा २० प्रतिशत, अर्को १० लाखमा ३० प्रतिशत र अर्को ३० लाखमा ३६ प्रतिशत कर लाग्दै ५० लाखभन्दा बढीको आम्दानीमा ३९ प्रतिशत कर लाग्ने कानुनी व्यवस्था छ ।

Leave A Reply

Your email address will not be published.