सुचना, समाचार र मनोरन्जन

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक रिलिज

काठमाडौं :

नायक अनमोल केसीको जन्मदिनको अवसर पारेर फिल्म ‘फर्की फर्की’को फस्टलुक रिलिज गरिएको छ। आउँदो बर्षको जेठ १० गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको फस्टलुकमा नायक अनमोल केसीलाई मात्र स्थान दिइएको छ।

Chaka Panja

अनमोलका यसअघिका लभ स्टोरी फिल्मको पोष्टर भन्दा यो पोष्टर विल्कुलै फरक छ । फिल्मको फस्टलुक हेर्दा फिल्मले समयको कथा भन्छ भन्ने अड्कल लगाउन सकिन्छ।

लभ स्टोरी जनरामा बनेको यो फिल्मलाई ओम प्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गरेका हुन् । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन्।

फिल्म ‘फर्की फर्की’लाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा अनमोल केसीको साथमा नायिका जसिता गुरुङको मुख्य भूमिका छ । साथमा फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा लगायतका कलाकारको पनि अभिनय छ ।

Leave A Reply

Your email address will not be published.