सुचना, समाचार र मनोरन्जन

गरिमाले मायामा धोका दिदा रुपकको भयो बेहाल

काठमाडौंँ :

लोकप्रिय गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ। मनि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको गीतमा संगीत गायक डोटेल आफैले भरेका छन् ।

सेन्टिमेन्ट शैलीमा प्रेमपिडा ब्यक्त गरिएको गीत कर्णप्रिय छ। गीतमा गायकले प्रेमीकाले आफ्नो माया नबुझेको गुनासोहरु पोखेका छन्।गीतको भिडियो एक जोडी प्रेमीको प्रेम र बिछोड देखाउन खोजिएको छ। भिडियोमा गायक डोटेल आफै देखिएका छन्, भने उनलाई अभिनयमा साथ गरिमा शर्माले दिएकी छन्। भिडियोमा दुबैको जोडी सुहाउँदो देखिएको छ ।

उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटलको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का हुन्।

५०० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक डोटेल पछिल्लो समयका चलेका गायक हुन्। गायक डोटलका ‘बनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै होनी माया’लगायत थुप्रै हिट छन्। डोटेल बहुप्रतिभाशाली गायक हुन्। उनी सेन्टिमेन्टका अलवा सेमिक्लासिक, लोक, पप र पाश्र्व गायनमा समेत चिनिदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.