सुचना, समाचार र मनोरन्जन

अभिनेता अर्पण थापा भन्छन्– ‘द ब्लू लाइट’जस्ता फिल्म सधैं बन्दैनन्

काठमाडौं :

यहीँ माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘द ब्लु लाइट’को प्रचाप्रसार कमजोर छ। तर यस फिल्मका कलाकार भने सकेसम्म आफ्नो फिल्मको प्रचारलाई बढाउने कोसिस गरिरहेका छन्। यस फिल्मका मुख्य अभिनेता अर्पण थापाले फिल्म ‘द ब्लू लाइट’जस्तो फिल्म कमै मात्र बन्ने गरेको दाबी गरेका छन्।
केहि मिडियाकर्मीसँग उनले यस्तो फिल्म निर्माण गर्न फिल्मका निर्देशन बलिराम चौहानजस्ता निर्देशक आवश्यक पर्ने भनार्इ राखेका छन्।

उनी भन्छन्,‘द ब्लू लाइट’जस्तो फिल्म सधैं बन्दैन। यस्तो फिल्म बनाउन बलिराम चौहानजस्ता निर्देशक नै चाहिन्छ। सिनेमा त धेरै बन्छन्, तर यस्ता फिल्म घरी–घरी बन्दैनन्, निर्देशक पनि त्यस्तै हुनुपर्छ।’

फिल्मका केही दृश्य र यसको प्रस्तुतिको तारिफ गर्दै उनले दर्शकले फिल्म हेरेपछि धेरै कुरा बुझ्ने विश्वास व्यक्त गरे। अर्पण स्वयं निर्देशक तथा लेखकसमेत हुन् र उनी एक भर्सटाइल अभिनेता रूपमा परिचित छन्। साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको ‘द ब्लू लाइट’ मा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्मा रहेका छन्।

निर्देशन बलिराम चौहानको निर्देशन,स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मका को–प्रोड्युसर भोलानाथ कटुवाल र रमन ग्रे हुन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल छन्। फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने आकाश उखेडा मुख्य सहायक निर्देशक छन्। रिलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक हुन्।

Leave A Reply

Your email address will not be published.