Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- एकै वर्ष २० सचिव बिदा हुँदै, सरकारको उच्च प्रशासनिक नेतृत्वमा ठूलो फेरबदलको तयारी
- ‘तीन तीघ्रे क्या बिग्रे’चलचित्रको औपचारिक घोषणा: पशुपति र परितोषिकाको मुख्य भुमिका
- ‘पेन्सन पट्टा’ को ‘जुनी जाला’ गीतमा दयाहाङ, बुद्धि र विल्सनको शीर्ष अभिनय
- मनसुनमा घुम्ने रहर
- दर्शकलाई रुवाउने गीत ल्यायो फिल्म ‘हली’को निर्माण टिमले
- चार करोड रुपैयाँको लागतमा ‘हजारौँमा एक’ निर्माण घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
- इनर ह्वील क्लब अफ अन्नपूर्णको १७ औँ पदस्थापना सम्पन्न
- “पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ पोखरामा सार्वजनिक
- प्रधानमन्त्रीको चासोले सेयर बजारमा आशा जाग्यो, सुधारको परीक्षा अझै बाँकी
- नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो
यातायात व्यवसायीसँग वार्ता सुरु
काठमाडौँ,
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता सुरु भएको गृहमन्त्रालयका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
यसअघि आजै गृहमन्त्री रमेश लेखकसहित बसेको बैठकले पन्थको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा आज यातायात व्यवसायीले गाडी चलाउन रोकेका थिए । जसका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ ।
उपत्यकामा साझा बस भने न्यून मात्रामा सञ्चालनमा छन् । यात्रुहरु यातायातका साधन नपाउँदा सडकमै बस कुरेर बरिसहेका थिए । यातायात व्यवसायीले पनि नौ सदस्यीय वार्ता टोली गठन गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष एवं वार्ता टोलीका सदस्य सरोज सिटौलाले सरकारसँग वार्ता गर्न नौ सदस्यीय समिति गठन गरिएको र वार्ता सुरु भएको जानकारी दिए ।
पन्ध्र जना पक्राउ
यसैबीच आज यातायात बन्द गराउँदै हिँड्ने १५ बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरुलाई नियन्त्रणमा लिइएको बताउनुभयो । उपत्यकामा प्रहरीले दुई बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उनले बताए ।
यस्तै, अन्य क्षेत्रमा अलपत्र परेका यात्रुलाई ‘स्कटिङ’ गरेर गन्तव्यतर्फ पठाउने कार्य जारी छ ।