काठमाडौं :
सञ्चारकर्मी डब्बु क्षत्रीको शब्द रचना रहेको ‘माया हो माया’ गीतको भिडियो सार्वजनिक भएको छ। गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वरमा रहेको यस गीतको भिडियो रिलिज गरेका हुन्।
गीतमा संगीत दिपक शर्माले भरेका हुन् भने जुगल डंगोलले संगीत संयोजन गरेका छन्। अभिनेता प्रवण भुसाल र गायिका एवं मोडल सरिता भारती अभिनित भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन्। भिडियो मुगुको रारा, कालिकोट र जुम्लामा छायांकन गरिएको छ।
कर्णालीको सुन्दरतालाई प्रवर्धन गर्ने उद्देश्यले गीतको भिडियोलाई ती क्षेत्रमा छायांकन गरिएको गीतकार डब्बु क्षत्रीले बताए। यसमा दिब्यराज सुवेदीको छायांकन, दिलमाया मगर र सञ्जिता बरालको ड्रेस डिजाइन रहेको छ।