सुचना, समाचार र मनोरन्जन

६ महिनामा झन्डै ५३ अर्ब रुपैयाँ भन्सार कर छुट

सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा झन्डै ५३ अर्ब रुपैयाँ बराबर भन्सार महसुलमा कर छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार ४ खर्ब ८ अर्ब रुपैयाँका मालवस्तुको आयातमा ५२ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ महसुल छुट दिइएको हो।

मूल्य अभिवृद्धि कर ऐनअनुसार भन्सार महसुल छुट हुने वस्तुहरूको आयातमा २९ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर छुट दिइएको छ । भन्सार ऐन २०६४ अनुसार आयात भएका वस्तुहरूमा ४८ करोड २९ लाख रुपैयाँ भन्सार महसुल छुट दिइएको छ।

त्यस्तै मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार र सरकारी स्वामित्व संस्थाहरूले गरेको आयात तथा केही आयोजनाको नाममा भएको आयातमा पनि कर छुट दिइएको छ ।

सरकारले वार्षिक रूपमा दिने १ खर्ब रुपैयाँभन्दा धेरै कर छुटमा प्रश्न उठ्दै आएको छ ।

वर्तमान अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगले बुझाएको प्रतिवेदनले यसरी दिइने कर छुटमा गम्भीर प्रश्न उठाएको थियो । तर खनाल नै अर्थमन्त्री हुँदा पनि कर छुट दिने प्रवृत्ति कम नभएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

Leave A Reply

Your email address will not be published.