Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘किङ अफ पप’ माइकल ज्याक्सनको बायोपिकले रच्यो इतिहास: बक्स अफिसमा १ अर्ब डलर कमाउने पहिलो बायोपिक फिल्म
- प्रियंकाको ‘मास्टर्नी’ लाई दुर्गेशले दिए आफ्नै खर्चमा गीत उपहार
- १३ देशलाई पछि पार्दै नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, विश्वभर चम्कियो नेपालको नाम
- ‘गौँथली’ हेरेपछि कलाकार भन्छन्,‘ – ढुक्क हुनुस् सिनेमा चल्छ
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
- रुकुमपश्चिमकाे पर्यटक लोभ्याउने ‘ठूली दह’
- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
- पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यकः उपसभापति शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताएका छन ।
आज धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उहाँले वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो । उपसभापति शर्माले ‘जेनजी’ आन्दोलनलाई नयाँ पुस्ताको चेतना, अपेक्षा र असन्तुष्टिको संकेतका रूपमा उल्लेख गर्दै त्यसको सूक्ष्म अध्ययन आवश्यक रहेको बताए । समस्याको मूल कारण पहिचान गरी समयमै समाधान गर्न नसके भविष्यमा अझ अर्को विद्रोह हुन सक्ने उनको भनाई थियो ।
उनले भने, “यस्तो बेला अनुभवहीनको हातमा नेतृत्व सुम्पिनु भन्दा परिपक्व राजनीतिक शक्तिले जिम्मेवारी लिनु जरुरी छ ।”
Prev Post