सुचना, समाचार र मनोरन्जन

बोक्सीको घरको नपत्याउदो कमाई : अहिलेसम्म ७ करोड ५५ लाख ग्रस

काठमाडौं :

भनिन्छ नि,नपत्याउँदो खोलाले बगाउछ। त्यस्तै भयो यो पटक केकी अधिकारीलाई। फिल्म ‘बोक्सीको घर’ निर्माण गर्दा फिल्मले कमाई गर्छ कि गर्दैन भन्दै पैसा खन्याएकी केकीले अहिले पैसा बटुल्न भ्याइ नभ्याई भएको छ।

Pach Pandav

रिलिज भएको पहिलो साता ६ करोड ५ लाख ग्रस गरेको फिल्मले दोसो हप्ता ७ करोड ५५ लाख पुगेको छ। वितरण कम्पनी डीसीएन र टी–फोकले दोस्रो शुक्रबार र शनिबारको ग्रस कलेक्सन सार्वजनिक गरेपछि फिल्मको कमाई बाहिरिएको हो।

फिल्मका वितरक अशोक शर्माले पहिलो साता ६ करोड ५ लाख ग्रस कमाएको फिल्मको नौ दिनसम्ममा कुल कमाइ ७ करोड ५५ लाख रुपैयाँ ग्रस रहेको बताए। उनका अनुसार दोस्रो शनिबार फिल्मले एक करोड कमाएको छ। फिल्मलाई सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको छ भने अभिनय पनि गरेका छन्। केकी र भारतीका अलवा,सुपला सापकोटा,जीवन बराल लगायतको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.