सुचना, समाचार र मनोरन्जन

अदालतलाई रचना रिमालको आग्रह : सन्दिप दोषी भए सजाय देउ हैन भने क्रिकेट खेल्न पठाउ

काठमाडौं :

सामाजिक सञ्जालमा सक्रिय रहेकी गायिका रचना रिमाल खेलप्रति निकै चासो देखाउँछिन्। कहिलेकाँही खेल हेर्न समेत रंगशाला पुगेर क्रिकेटरसँग फोटो खिचाएर फेसबुकमा पोस्ट भर्न भ्याउँछिन्।

उनीहरुसँग टिकटक बनाउनेदेखि गफगाफ गर्न भ्याउने रचनाले बेलाबेलामा सामाजिक कुरामा समेत आफ्ना भनाई राख्दै आएकी छन्। आइतबार उनले बलात्कार आरोप लागेका सन्दिप लामिछानेलाई दोषी भए सजाय दिन हैन भने विश्वकप खेल्न दिन आग्रह अदालतलाई आग्रह गरेकी छन्।

Pach Pandav

उनले लेखेकी छन्,‘दोषी भए कानुन अनुसार सजायँ देउ । निर्दोष भए विश्वकप खेल्न देउ ।’

नेपालले जुनको २ तारिखबाट अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको ‘टी २० विश्वकप’ खेल्दैछ। त्यसमा लामिछाने नपरेपछि उनले रचनाले अदालततर्फ इंकित गरेकी हुन्। क्रिकेटर सन्दिप लामिछानेको बलात्कारको मुद्दा भने अदालतमा आज पनि ‘हेर्न नमिल्ने’मा राखिएको छ। उनको फैसला आएको भए उनी विश्वकपमा सहभागी हुने नहुने विषयमा टुङ्गो लाग्न सक्थ्यो।

Leave A Reply

Your email address will not be published.