सुचना, समाचार र मनोरन्जन

प्रकाश सपुतको ‘बसन्त’मा शान्तीको भुमिका गर्दै स्वस्तिमा

काठमाडौं :

गायकबाट नायक बनेका प्रकाश सपुतले आफै फिल्म निर्देशन गर्ने भएका छन्। उनले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै फिल्म ‘बसन्त’को घोषणा गरेका हुन्। उनको आफ्नै लेखक तथा संगीतमा फिल्म निर्माण हुनेछ। फिल्ममा सपुतको अपोजिटमा अभिनेत्री स्वस्तिमा खड्का रहने भएकी छन्।

फिल्ममा सपुत र स्वस्तिमाका अलवा अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेको पनि अभिनय रहनेछ।कार्यक्रममा यो फिल्मको प्रदर्शन मिति यही वर्षको चैते दशैँको आसपासमा हुने निर्देशक सपुतले बताए।

Pach Pandav

उनका अनुसार फिल्मको कथा जातियता र त्यसकै सेरोफेरोमा हुने छ। कार्यक्रममा फिल्मको पाँच मिनेटका भिडियो समेत देखाइएको थियो। जहाँ बसन्त र शान्तीबीच स्कुले जीवनमा रमाएका छन् र जातियताका कारण मायाप्रेमको कुरालाई उठाउन खोजिएको छ।

गायक सपुतकै गृह जिल्ला बागलुङको सेरोफेरोको कथा भन्ने कुरा फिल्ममार्फत जानकारी दिइएको छ । सपुतले भने,‘यो फिल्मको कथा मेरै जीवनको आधा कथा हो भन्दा फरक पर्दैन । मलाई धेरै व्यक्तिहरूले पहिलो फिल्ममा कमर्सियल कथा खोज्न पनि आग्रह गरेका थिए । तर, मलाई सुरुवातमा आफ्नै कथा भन्न मन लाग्यो।’

उनले भावुक हुँदै थपे,‘पहिला आफ्नै कथा भनेर सक्छु अनि अरु कथा खोज्छु भन्ने लागेर बसन्त निर्देशन गर्ने योजना बनाएको हुँ ।’

फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन्।

Leave A Reply

Your email address will not be published.