सुचना, समाचार र मनोरन्जन

‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल’को तयारी

काठमाडौं :

विद्यालयमा अध्ययनरत स–साना बालबालिकाहरुको कला, प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले ‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल–२०२४’ हुने भएको छ । आयोजक संस्था स्पार्कल इन्टरटेनमेन्टले राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।

प्रतियोगिता जुनियर र सिनियर गरी दुई भागमा विभाजन गरिएको छ। आयोजकका अनुसार ‘मिस एण्ड मिस्टर सिनियर एण्ड जुनियर आइडल’मा ६ देखि १२ वर्षसम्म जुनियर र सिनियरतर्फ १३ देखि १६ वर्षसम्मका बालबालिकाले सहभागी जनाउन पाउनेछन्।

प्रतियोगिताको यो पहिलो संस्करण हो । यस संस्करणमा जुनियर र सिनियर गरी ५० जना प्रतियोगी अन्तिम प्रतिस्र्धाका लागि छनोट गरिने आयोजकले जनाएको छ । आयोजक संस्थाकी अध्यक्ष नीतु श्रेष्ठले ५० जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट गर्ने बताइन् । उनले भनिन्, ‘४० जना छनोट भइसकेका छन् । अब १० जना प्रतियोगी छनोट गरिने छ ।’

अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुने प्रतियोगीहरुलाई व्यक्तित्वविकास लगायतका विभिन्न ग्रुमिङ कक्षा दिइने छ। जेठ ४ गतेदेखि प्रतियोगीहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक अमृता राईले जानकारी दिइन्। यस प्रतियोगिताको कोरियोग्राफी मोडल दिक्पाल कार्कीको गर्दैछन्।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा (ग्राण्ड फिनाले) जेठ २६ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष दुई विजेताले उपाधिसहित नगद पुरस्कार तथा विभिन्न गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.