पोखरा,
लायन्स अन्तर्राष्ट्रिय ३२५ एम नेपालको चौथो क्याविनेट बैठक जेष्ठ १४ गते तदानुसार मे २८ गतेका दिन चाइनाको छेन्दु स्थित जिहान इन सेलिव्रेटी होटलको सभाहलमा डिष्ट्रिक्ट गभर्नर लायन चण्डीप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।
काठमाडौं एयरपोर्टबाट २७ जना र पोखरा एयरपोर्टबाट १२७ जना गरी १५४ जनाको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्यू, बिशिष्ट अतिथि सिचुवान स्थित नेपाल सरकारका महावाणिज्यदुत सुरेश राउत, ३२५ एम नेपालका इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन धनिराम बराल, सिचुवान पावर इन्जिनियरिङ कम्पनी लिमिटेडका जि.एम. भिभिली, नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान अध्यक्ष डण्डराम पौडेल, क्याविनेट सेक्रेटरी शिवराज आचार्य, क्याविनेट ट्रेजेरर शम्भुराज बाँस्तोला, फस्ट लेडी इनिसियिटभ टिम लायन मैना अर्याल लायन पुष्पा आचार्य, लायन जमुना पौडेल, बाग्मती क्षेत्रका लागी चिफ अफ काउन्सिलर यमुना भण्डारी, एरिया लिडर सरस्वती ज्ञवाली, मेम्वर रिइन्स्टेट कोअर्डिनेटर मोहन सुवेदी लगायत सिचुवान स्थित लायन्सका प्रमुख गन लु यु र टिम एवम् डिष्ट्रिक्ट पदाधिकारीहरु एवम् क्लव अध्यक्षहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।

लायन्स सदस्यहरुबीच थप प्रगाढ भाइचाराको अभिवृद्धि गर्दै नेपाल र चीन बीचको पर्यटकीय सम्भावनालाई थप बढावा दिन र पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट र सिचुवान अन्तर्राष्ट्रिय एयरपोर्टबीच उडानलाई थप मजबुद गराउँदै छेन्दु र चीनको राजधानी बेइजिङ समेतको ८ दिनको भ्रमण तय गरिएको छ ।

बैठकमा क्याविनेट सेक्रेटरी तथा ट्रेजररको प्रतिवेदन लगायत लायन्स क्लव अफ पोखरा सेन्ट्रल टाउनका अध्यक्ष प्रेम बहादुर क्षेत्री, लायन्स क्लव अफ पाण्डा सिचुवानका अध्यक्ष गुन लु यु, नेरेसो कास्कीका निवर्तमान अध्यक्ष डण्डराज पौडेल, सिचुवान पावर कम्पनीका जिएम भिभिली, महावाणिज्यदुत सुरेश राउत, पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले सिचुवान शहरमा गरिएको यस प्रकारको फेलोसिप सहितको चौथो क्याविनेट वैठकले चीन र नेपाल बीच लायन्स क्लवका माध्यामबाट दुवै पक्षलाई उल्लेख्य टेवा पुगेको भन्दै आयोजक डिष्ट्रिक्टलाई प्रसंशा गरेका थिए । कार्यक्रममा स्वागत डिष्ट्रिक्ट गभर्नर लायन चण्डीप्रसाद अर्याल र धन्यवाद ज्ञापन डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन धनिराम बरालले गरेका थिए ।

उक्त कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय अध्यक्षबाट प्रदान गरिने सबैभन्दा उत्कृष्ट पुरस्कार अन्तर्राष्ट्रियस्तरको प्रेसिडेन्सियल मेडलबाट क्याविनेट सेक्रेटरी शिवराज आचार्य र लिडरशिप मेडलबाट क्याविनेट ट्रेजरर शम्भुराज बाँस्तोला सम्मानित भएका थिए । साथै कार्यक्रममा बिशेष योगदान पुर्याउने हुने लायन लिडरहरुलाई विभिन्न सम्मानको कार्यक्रम गरिएको थियो ।

इरान र भारत लगायतका बिशेष टिमहरुका साथ नेपालका डिभिजन ए क्लवहरु समेत अन्तर्राष्ट्रियस्तरको आमन्त्रित लायन्स कप भलिवल खेलको आयोजनाको लगत्तै यस प्रकारको अन्तर्राष्ट्रिय भ्रमण सहितको चौथो क्याविनेट बैठकले ३२५ एम नेपाल मात्र नभई सिंगो लायन्स अन्तर्राष्ट्रियको बिशेष व्राण्डिङ भएको बिश्वास गरिएको छ ।
