सुचना, समाचार र मनोरन्जन

शुक्रबारबाट महादेवको टिमले ‘छोरी–चेली’ रिलिज गर्दै

काठमाडौं :

हास्यकलाकार महादेव त्रिपाठीको टिमले नयाँ सिरियल प्रदर्शनमा ल्याउने भएको छन्। शुक्रबार (आज)बाट ‘छोरीलाई पनि समान व्यवहार गरौं, छोरा–छोरी दुबै बराबरी’ भन्ने सन्देश बोकेको नयाँ सिरियल ‘छोरी–चेली’ प्रसारणमा ल्याउने भएका हुन्।

सिरियललाई महादेव त्रिपाठी (जादुगर), राजेन्द्र गिरी (गुन्द्रुके) तथा देवी तामाङद्वारा संयुक्त रुपमा निर्माण गरेका हुन्। कलाकार समेत रहेका महादेवले सन्देशमूलक सिरियल प्रत्येक शुक्रवार साँझ ६ बजे छोरी चेली यूट्युब च्यालनमा अपलोड हुने बताए।

Chaka Panja

शिव शर्मा कँडेलको लेखन तथा निर्देशनमा बनेको यो श्रृंखलामा स्विकृती खरेल, लक्ष्मीनाथ तिमिल्सिना, उत्तम कोदे, चण्डिका बस्नेत, सागर गिरी, मिलन मगर, विवेक मगर, आशा विश्वकर्मा, विष्णु कार्की, शान्ता गिरी आदि कलाकारले पनि प्रमुख भूमिका निर्वाह गरेका छन्सिरियलमा बाल कलाकारहरु दियानी गरी, सिद्धिका कँडेल, आरोही कार्की, शुसिल मगर तथा यूनिका तामाङको पनि मुख्य भूमिका रहने निर्माण पक्षको भनाई छ।

विनय कार्कीको पाश्र्व संगीत रहेको यो श्रृंखलामा विनय कार्कीकै संगीत, शिव शर्माको शब्द तथा गायिका नन्दनी अधिकारीको स्वरको गीत समावेश गरिएको छ । बिनोद पुरीद्वारा छायांकन गरिएको यो श्रृंखलाको सम्पादन सुरेश श्रेष्ठले गरेका हुन् । निर्देशक शिव शर्मा कँडेलले नै यो श्रृंखलाको पटकथा तथा संवाद लेखेका छन् ।

Leave A Reply

Your email address will not be published.