सुचना, समाचार र मनोरन्जन
jaar

श्रीलंकाको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

 

श्रीलंकाले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैङ्कको पछिल्लो तथ्यांकले देखाएको छ ।

 

उक्त अवधिमा श्रीलंकाले दुई अर्ब १७ करोड डलर कमाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ६६ दशमलव एक प्रतिशतले बढी हो ।

 

सोही अवधिमा पर्यटक आगमनमा पनि ५० दशमलव सात प्रतिशतले वृद्धि भएको र सन् २०२४ को पहिलो आठ महिनामा १३ लाख ६० हजार पर्यटक आएको केन्द्रीय बैङ्कको तथ्यांकले देखाएको छ ।

 

सन् २०२४ अगस्टमा पर्यटक आगमन एक लाख ६४ हजार छ सय नौ थियो । यो सङ्ख्या सन् २०२३ अगस्टको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको हो ।

 

पर्यटन श्रीलंकाको शीर्ष विदेशी राजस्व उत्पन्न गर्नेमध्ये एक माध्यम हो ।

 

श्रीलंका पर्यटन प्रवर्द्धन ब्युरोका प्रबन्ध निर्देशक नलिन परेराले श्रीलंकाली पर्यटन अधिकारीहरूले सन् २०२५ मा ३० लाख विदेशी पर्यटकहरूको अपेक्षा गरेको बताए ।

Leave A Reply

Your email address will not be published.