पोखरा,
पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको ‘डुलुवा’ टोली शुक्रबार कास्कीबाट हुम्ला प्रस्थान गरेको छ । टोली पर्वत, बाग्लुङ, रुकुमकोट, लिमी, लाप्चा ला पास पुगेर फर्किने छ ।
२१ सदस्यीय टोली मंसिर १ गते पोखरा आइपुग्ने योजना छ । उनीहरुलाई पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराइले टोलीलाई पोखरामा आयोजित समारोहमा सुखद् यात्राको कामनासहित बिदाइ गरे । उनीहरुले डुलुवाका संयोजक योगेश भट्टराईलाई पोखरा भ्रमण वर्षका व्यान हस्तान्तरण गरे । उनीहरुलाई रेवान पोखराका पुर्व अध्यक्ष नरेश भट्टराई, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमवी आस्था मगर लगाएतले विदाई गरे ।
पोखरा भ्रमण वर्ष २०२५ को व्यानर हस्तान्तरण गर्दै पोखरा भ्रमण वर्षका संयोजक भट्टराईले नेपालमा प्राकृतिक रुपले नै साहासिक यात्राको थलो भएको बताउदै यो यात्राले पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने बताए । उनले पोखराले भ्रमण वर्ष मनाई रहदाँ विभिन्न कार्यक्रमको आयोजना गरेको बताउदै पोखरामा पर्यटक भित्राउन नेपाल र नेपाल बाहिर समेत प्रर्वद्धनका कार्यक्रमहरु गर्नु पर्ने बताए ।
अभियानले नेपालको प्राकृतिक र सांस्कृतिक सुन्दरता रहेका रमणीय ठाउँको उजागर गर्ने उद्देश्य रहेको डुलुवाका संयोजक योगेश भट्टराईले बताए । हुम्ला नेपालका अन्तिम उपत्यका रहेको यसको यात्रा निकै रोमान्चकारी हुने उनले बताए । जसमा कैलाश पर्वत र लिमी उपत्यका सम्म पुग्ने प’रातन बाटोलाई पुर्नजीवित गर्ने उनको भनाई छ ।
‘डुलुवा’ पोखराका पर्यटनकर्मी युवाहरुको समूह हो । सन् २००८ देखि प्याराग्लाइडिङ तथा पर्यटन व्यवसायमा आबद्ध युवाहरु मिलेर नेपाल घुम्न सुरु गरेका थिए । सोही समूहलाई सन् २०२० मा आएर ‘डुलुवा’का रुपमा नामाकरण गरिएको थियो । स्थापनाको १५ वर्षमा डुलुवाले नेपालका ७० जिल्ला भ्रमण गरेको छ । भने भारतको लद्दाखसम्म र कास्कीदेखी कन्याकुमारी सम्म सफलतापूर्वक यात्रा गरि सहेका छन् ।
हुम्ला अन्तिम उपत्यका अभियान नामाकरण गरि यात्रामा निस्किेका उनीहरु रुकुमकोट, राकम, सर्खेघाट, सिमकोट, लिमी उपत्यका र ५ हजार मिटर उचाइको लाप्चा ला पास परेर सिमकोट फर्किने छन् । त्यसै गरी सर्खैघाट कोहलपुर बुटवल हुदै ११ दिनमा पोखरा फर्किने छन् ।
यात्राका क्रममा ‘डुलुवा’ समूहले बनाएको ‘वि विल राइज फाउण्डेशन’ र नेपाल टेलिभजनद्वारा आयोजित भिडियो प्रतियोगिताको उपाधि डुलुवा समूहको ‘दि नर्देन वाल’ले जितेको थियो । प्रतियोगिताको ‘मोस्ट एनरजेटिक भिडियो मेकर’ अवार्ड पनि ‘डुलुवा’ कै ‘मेरो गाउँ तक्सेरा’ ले जितेको थियो ।
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग
- शुक्रबार पहिरोले कुन कुन राजमार्ग छन प्रभावित?
- विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह
- नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले
- संरक्षणसँगै पर्यटकीय गन्तव्य बन्दै इलामपोखरी
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…..
- आजदेखि नयाँ कर कार्यान्वयनमा, वार्षिक १० लाख कमाउने व्यक्तिले एक प्रतिशत आयकर तिर्नुपर्ने
- आज साउने सङ्क्रान्ति पर्व मनाइँदै, लुतो फाल्ने दिन
- साउन १ गते शुक्रबारको राशिफल पढ्नुहोस