सुचना, समाचार र मनोरन्जन

आज २ हजार ५०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ,

नेपाली बजारमा सुनको मूल्य सोमबार घटेको छ । आज प्रतितोला २ हजार ५०० रुपैँयाँले मूल्य घटेको हो । आइतबार ५ हजार रुपैँयाँले मूल्य बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ८३ हजार ५०० कायम भएको छ ।

गत हप्ता आइतबार १२ हजार ५०० रुपैँयाँले मूल्य घटेको थियो भने सोमबार प्रतितोला ६ हजार ५०० रुपैँयाँले मूल्य घट्यो । मंगलबार पनि १ हजार ६०० रुपैँयाँले मूल्य घटेको थियो । बुधबार १४ हजार ६०० रुपैँयाँले मूल्य बढ्यो । बिहीबार २ हजार ९०० ले घटेको थियो । शुक्रबार ४ हजार ६०० रुपैँयाँले मूल्य घट्यो ।

यता आज चाँदीको मूल्य पनि घटेको छ । आज २० रुपैँयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ७०० रुपैंयाँ कायम भएको छ।

गत माघ १५ गते बिहीबार सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३०० र चाँदी ७ हजार ५०५ रुपैंयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.