Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘तिनीहरू : इलिफेन्ट इन द फग’ टोलीद्वारा नाइमा मोबिलिटीमा विशेष प्रस्तुति
- ‘ऊनको स्वीटर’को दोस्रो भाग निर्माण घोषणा,बलिउडका पियूष मिश्रा पनि प्रमुख भूमिकामा
- थ्रीई इन्टरटेनमेन्ट दशैं-तिहारमा शिव-समीक्षासँगै मुक्ति एन्ड रिभाइभल ब्यान्डसँग अमेरिका टुर गर्दै
- ‘साम्राज्य’मा सौगात र दयाहाङपछि नाजिर अनुबन्ध
- निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर सार्वजनिक
- साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
- हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
- ‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’
- भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
- मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी
हर्कराज राईको पार्टीले प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने
काठमाडौँ,
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । नवनिर्वाचित सांसदको सपथ समारोहमा सहभागी हुन आज सिंहदरबारस्थित संसद् भवन पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग सरकारलाई सिर्जनात्मक सहयोग र आलोचनात्मक समर्थन गर्ने बताउनुभयो ।
“प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेशी बनाउन प्रश्न गर्छौँ, सहयोग गर्छौँ, सरकारले गर्नुपर्ने काममा प्रतिपक्षले रचनात्मक सहयोग गर्नेछ । सरकार र देशलाई सघाउने पक्षमा सदैव सकारात्मक भूमिकामा रहने छौँ । प्रतिपक्षमा रहेर सशक्त भूमिका निर्वाह गर्छौँ”, अध्यक्ष राईले भन्नुभयो । सुनसरी क्षेत्र नं १ बाट निर्वाचित सांसद राईले देशभर स्वच्छ पिउने पानीको पहुँच पुर्याउन आफू लागिपर्ने बताउनुभयो ।