पोखरा,
नेपाली काँग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं.२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि ९खुल्ला० पदमा अत्यधिक मतका साथ शानदार विजयी भएका लोकप्रिय एवं परिपक्व नेता वीरेन्द्रनारायण विजुक्छेले अब कास्की काँग्रेसको सर्वोच्च नेतृत्व ९जिल्ला सभापति० का लागि आफ्नो दाबी अगाडि सारेका छन् । यसपटक केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्दै उनले पार्टी संगठनमा पुस्तान्तरण, रूपान्तरण र शुद्धीकरणका लागि आफूलाई कास्की काँग्रेसको सभापतिको आकाङ्क्षीका रूपमा प्रस्तुत गरेका हुन् ।
नेपाली काँग्रेसभित्र एक परिपक्व, वैचारिक र निष्ठावान् नेताका रूपमा चिनिएका विजुक्छे व्यवस्थापन विषयमा स्नातक हुन्। वि।सं। २०५० को दशकमा पोखरा वडा नं। ८ को निर्वाचित वडा अध्यक्ष भई सफलताका साथ जिम्मेवारी निर्वाह गरिसकेका उनले सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका छन्। वडा तहकै जग र जराबाट आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका उनले निरन्तर संगठन निर्माण र लोकतान्त्रिक मूल्य(मान्यताको रक्षाका लागि संघर्ष गर्दै आएका छन् ।

लोकतान्त्रिक संस्कारका कारण उनमा पार्टीभित्र विधि र पद्धतिको सवालमा हाक्काहाक्की प्रश्न गर्न सक्ने र विचारको राजनीति गर्ने अद्भूत क्षमता छ। तल्लो तहसम्म मजबुत संगठन निर्माण गर्नु, आचरण र छवि अत्यन्तै चहकिलो र निष्कलङ्क हुनु, उच्च सामाजिक तथा राजनीतिक रुझान हुनु र गुट(फुटभन्दा माथि उठेर सोच्न सक्नु नै विजुक्छेका सबैभन्दा सबल पक्ष हुन्। तसर्थ, अग्रजको अनुभव र युवाको ऊर्जालाई समन्वय गर्दै कास्की काँग्रेसलाई एकताबद्ध र गतिशील बनाउन उहाँ एक भरपर्दा, परिपक्व र उम्दा उम्मेदवार हुन भन्ने कुरामा कस्केली काँग्रेसीजनमाझ कुनै सन्देह छैन।
कास्की काँग्रेसको सभापतिमा आफ्नो दाबी प्रस्तुत गर्दै नेता विजुक्छेले आफ्ना विचारहरू यसरी व्यक्त गरे,हामीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मुख्य आधार मान्दै पार्टी संगठनलाई व्यक्ति वा गुटकेन्द्रितभन्दा नीति, विधि र संस्थागत प्रक्रियामा आधारित बनाउनुपर्छ। अब पार्टीलाई समयअनुकूल बनाउँदै देशको नेतृत्व गर्ने स्थानमा पुर्याउन हामी निरन्तर अगाडि बढ्नुपर्छ। अग्रजको अनुभव र युवा पुस्ताको सचेत हस्तक्षेपको सही संश्लेषणले नै काँग्रेसको साख र गरिमा बढाउन सकिन्छ।”
उनले थपे, व्यक्तिगत लाभ-हानि मेरा लागि गौण हुन्, पार्टीप्रतिको निष्ठा र इमानदारी नै मेरो जीवनको मुख्य विषय हो। कास्की काँग्रेसलाई विधि, पद्धति र विचारको जगमा पुनर्उत्थान गर्ने यो अभियान म जीवनपर्यन्त कायम राख्नेछु। म कास्कीका सम्पूर्ण आदरणीय अग्रजहरू, निष्ठावान् कार्यकर्ता साथीहरू र महाधिवेशन प्रतिनिधिज्यूहरूसँग अमूल्य मतसँगै पवित्र विश्वासका लागि विनम्र अपिल गर्दछु। जिल्ला नेतृत्व सम्हाल्ने अवसर प्राप्त भए कास्की काँग्रेसलाई देशकै एकताबद्ध, गतिशील र नमूना संगठन बनाउने प्रण गर्दछु।”