सुचना, समाचार र मनोरन्जन

विभिन्न कारणले स्थगित भएको फिल्म ‘महाभोज’ अब ३० गते रिलिज हुने

काठमाडौं :

गत जेठ १५ गते रिलिज भएको फिल्म ‘महाभोज’को पुन प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले विशेष परिस्थितिका कारण निर्धारित समयमा रिलिज हुन नसकेको फिल्म अब यही जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ। यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे।
नयाँ रिलिज मिति तोकेपछि निर्देशक राउत भन्छन्,‘ हामीले धेरै मिहिनेतका साथ तयार पारेको ‘महाभोज केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ।’

उनले थप भने,‘अब चलचित्र जेठ ३० गते रिलिज हुँदैछ। यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ। त्यसैले यही मितिमा नजिकको हलमा यो फिल्म हेर्न नबिर्सिनु होला।’

केही दिनअघि यो फिल्मको काठमाडौंमा प्रिभ्यु शो आयोजना भएको थियो। जहाँ फिल्म हेरेका दर्शकहरूले व्यापक सकारात्मक प्रतिक्रिया दिएका थिए। यसमा सहकारी पीडितको कथा मात्र नभएर अत्यन्तै मनोरञ्जक समेत रहेको प्रतिक्रिया उक्त शोबाट प्राप्त भएको थियो।

फिल्ममा समावेश कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयले दर्शकमा चासो पैदा गरिरहेको छ। यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका प्रमुख अभिनय रहेको छ। क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस फिल्मका निर्माता हिमाल कडरिया हुन्।

Leave A Reply

Your email address will not be published.