सुचना, समाचार र मनोरन्जन

सरदरभन्दा १५ दिनअघि नै नेपाल भित्रियो मनसुन

काठमाडौँ,

नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन भित्रिएको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार गएरातिबाट मनसुन प्रवेश गरेको हो । पूर्वी नेपालबाट मनसुन प्रवेश गरेर कोशी प्रदेशका अधिकांश क्षेत्रमा विस्तार भएको पनि विभागले जानकारी गराएको छ ।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ । सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन सुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ ।

यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्दछ । यसले बाढी, पहिरो, डुबान र कटानले जनधनको क्षति हुनेगरेको छ ।

यो वर्ष भने सरदरभन्दा १५ दिन अगार्व भित्रिएको विभागले शुक्रबार दिउँसो ३ बजे जारी गरेको बुलेटिनमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.