सुचना, समाचार र मनोरन्जन

४० क्षेत्रको मतपरिणाम घोषणा

काठमाडौँ,

शनिबार बिहान पौने ११ बजेसम्म ४० क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ३० क्षेत्रमा विजय हासिल गरेको छ भने अझै ८७ क्षेत्रमा अग्रता बनाएको छ ।

यस्तै कांग्रेसले ५ स्थानमा विजय हासिल गर्दा १० स्थानमा अग्रता बनाएको छ । यस्तै एमालेले २ स्थानमा जित र १० स्थानमा अग्रता बनाएको छ । यस्तै नेकपा २ स्थानमा विजयी हुँदा ९ स्थानमा अगाडि छ ।

यसैगरी १ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा अन्य ६ उम्मेदवारले अग्रता बनाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको निर्वाचन भएको थियो । निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा रास्वपाको पक्षमा लहर देखिएको छ ।

Leave A Reply

Your email address will not be published.