Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘किङ अफ पप’ माइकल ज्याक्सनको बायोपिकले रच्यो इतिहास: बक्स अफिसमा १ अर्ब डलर कमाउने पहिलो बायोपिक फिल्म
- प्रियंकाको ‘मास्टर्नी’ लाई दुर्गेशले दिए आफ्नै खर्चमा गीत उपहार
- १३ देशलाई पछि पार्दै नेपाली बालप्रतिभाको उत्कृष्ट प्रदर्शन, विश्वभर चम्कियो नेपालको नाम
- ‘गौँथली’ हेरेपछि कलाकार भन्छन्,‘ – ढुक्क हुनुस् सिनेमा चल्छ
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- राष्ट्रपतिबाट बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण
- रासायनिक मलको आपूर्ति सहज बनाउन सांसदको माग
- रुकुमपश्चिमकाे पर्यटक लोभ्याउने ‘ठूली दह’
- नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
- पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी कञ्चनपुरका नौवटै स्थानीय तहमा सोमबारदेखि मतदाता शिक्षाका लागि स्वयंसेवकलाई घरदैलोमा परिचालन गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका ९२ वटै वडामा स्वयंसेवक खटिएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सूचना अधिकारी भानबहादुर महराका अनुसार मतदाता शिक्षाका लागि बालविकास केन्द्रका सहजकर्तालाई जिम्मेवारी दिइएको छ । विगतका निर्वाचनमा मतदाता शिक्षामा संलग्न र अनुभवी सहजकर्तालाई नै प्राथमिकता दिएर छनोट गरी परिचालन गरिएको उहाँले जानकारी दिए ।
निर्वाचन कार्यालयले नौवटै स्थानीय तहमा एक÷एक जना समन्वयकर्ताको व्यवस्था गरेको छ । उहाँहरूमार्फत वडामा स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको छ । निर्वाचनमा बदर मतको सङ्ख्या घटाएर सदर मतको अनुपात बढाउने उद्देश्यले ‘शून्य बदर मत’ को लक्ष्य राखी यो अभियान सञ्चालन गरिएको सूचना अधिकारी महराले बताए ।
घरदैलोमा पुग्ने स्वयंसेवकले नमुना मतपत्रको प्रयोग गरी मत सङ्केत गर्ने सही तरिका, मतपत्र पट्याउने विधि र गोप्य मतदानको महत्वबारे मतदातालाई प्रयोगात्मक जानकारी दिनेछन् । विशेषगरी पहिलो पटक मतदान गर्न लागेका नयाँ युवा मतदातालाई यो अभियानले मतदान प्रक्रिया बुझ्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा तीन लाख १४ हजार ३८५ मतदाता छन् ।