सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री केपी शर्मालाई अभिनेत्री नीता ढुङ्गानाको प्रश्न : अन्तर्राष्ट्रिय मञ्चमा कहिलेसम्म हामीले बेइज्जत खेपिरहनु पर्ने हो ?

काठमाडौं : यतिबेला नेपालकी चेली प्रकृति लम्सालले भारतको ओडिसा राज्यस्थित केआइआइटी कलेजको कारण मृत्यु प्रकरणलाई लिएर दुवै देशमा तरंग छ। कलेजको घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूमाथि गरेको दुव्र्यवहारप्रति भारतभित्रै पनि धेरैले खेद व्यक्त गरिरहेको छ। नेपालको परराष्ट मन्त्रालयले २ प्रहरी समेत त्यहाँको अवस्था बुझ्न पठाइसकेका छन्। तर नेपाल सरकारले त्यति चासो नदिएपछि नेपालका कलाकारहरुले समेत चासो देखाउन थालेका छन्। अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गानाले नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र कोरेकी छन्।

उनले लेखेकी छन्,‘त्यो जोश खै त्यो जाँगर खै,देशप्रति केही गर्छु भन्ने भावना खोई, त्यो दृडता आज देखिएको छैन प्रधानमन्त्री ज्यु ?’
उनले आफुलाई राजनीति थाहा नभएको त्यसमा नअडिन उल्लेख गरेकी छन्।

उनले प्रश्न गर्दै भनेकी छन्,‘राजनीति के हो राजनीतिका कुरा राजनीतिको नीति हामी जानदैनौ प्रधानमन्त्रीज्यू?हामीले जान्ने भनेको हाम्रो देशको हितको लागि नेपाली जनताको लागि तपाईँले बोलेका शब्दहरूमा विश्वास गर्ने हो तपाईंले देखाएका सपनाहरूमा । हामीले आफ्नो सपना देख्ने हो तर विश्वास विश्वास मात्र सिमित रह्यो? सपना सपनामा मात्र सीमित रह्यो दुःख लाग्छ हामीलाई प्रधानमन्त्री ज्यु?’

उनले भारतको एउटा विद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनु परेको र धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालेर अपहेलना गर्दै प्रतिकार गरेको घटना सम्झदै उनले नेपालले कहिले सम्म बेइज्जती सहने हो भन्दै प्रश्न गरेकी छन्।

उनी भन्छिन्,‘त्यहाँे प्रशासनका कर्मचारीले यस विद्याालयको बजेट जति तिमीहरुको देश नेपालको राष्ट्रिय बजेट पनि छैन भनेर नेपाल को बेईजत गरेकी रहिछन्? अन्तर्राष्ट्रिय मञ्चमा कहिलेसम्म यस्तै बेईजत हामिले खेपिरहनु पर्ने हो? लगभग यो आरोप यथार्थ पनि हो। नेपालको यो हालत कस्ले बनायो? बिगत केही वर्षदेखि नेपालको शासक तपाईहरू कांग्रेस,एमाले, माओबादी। अब यो बेइज्जतको जिम्मेवारी तपाईहरूले लिनुपर्ने कि नपर्ने ? बिन्ती छ नेपालको इज्जत जोगाइदिनुस्।’

Leave A Reply

Your email address will not be published.