सुचना, समाचार र मनोरन्जन

आयोजना पुनर्निर्माणका लागि झन्डै १९ अर्ब रुपैयाँकाे स्राेत सहमति

काठमाडौं/

गएको असोज दोस्रो हप्ता आएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले झन्डै १९ अर्ब रुपैयाँ बराबरको सहमति प्रदान गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भई आएकोमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गर्ने निर्णय गर्नुभएको हो ।

सडक पुनर्निर्माणमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गलगायत छन् । त्यसैगरी अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाको पुनर्निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ ।

Leave A Reply

Your email address will not be published.