Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कास्की–२ को क्षेत्रीय सभापतिमा सुवास सिग्देलको उम्मेदवारी, सङ्गठन सुदृढीकरण र युवा सशक्तीकरणमा जोड
- भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा, भोलिदेखि गण्डकी–११ सँग अभ्यास खेल
- २६ वर्षीय आशिष सुबेदी कास्की १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा मैदानमा
- ‘हिन्दू राष्ट्र’को एजेन्डासहित कांग्रेस महाधिवेशनमा गोकर्ण कार्की
- कास्की २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा युवा व्यवसायी सौगात थापाको उम्मेदवारी
- ‘सभापति पद होइन, जिम्मेवारी हो’ भन्दै सरोज केसी कास्की १ को मैदानमा
- ‘मिस्टर ग्लोबल २०२६’मा भाग लिन थाइल्यान्ड उडे गिरिशरत्न
- विपना थापा र वर्षा राउतको अभिनय रहने ‘बाकस’बाट बिक्रम बुढाथोकीले डेब्यु गर्दै
- ‘सोफा स्टोर’को ब्रान्ड एम्बेसडर बन्दै कुलब्वायले भने, “हानिकारक उत्पादनलाई प्रवर्द्धन गर्दिन”
- पर्वतीय दौड सफल पार्न पोखराका पर्यटन व्यवसायी एकजुट
सञ्चार सहकारीको १२ औं साधारणसभा
पोखरा/
सञ्चार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथिको रुपमा सहकारीका जेष्ठ सदस्य सुवेदार मेजर यामबहादुर रानाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रको उद्घाटन गगरेका थिए ।
पोखराको न्यूरोड स्थित सहकारीको आफ्नै भवनमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष विनोद ढुंगानाले पछिल्लो समय केही सहकारीमा देखिएको वित्तिय संकट र व्यवस्थापकीय कमजोरीले सहकारी प्रति आम बचतकर्ताको धारणा बदलिएको बताउदै त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर संस्थामा देखिए पनि सञ्चालक समितिको व्यवस्थापकीय कौशलका कारण कठिन र चुनौतिपूर्ण समयलाई पार लगाएर शेयर सदस्य र बचतकर्ताको बचतलाई सुरक्षित गर्न सफल भएको बताए । उनले भने “हामीलाई शेरयसदस्य र बचतकर्ताको निकै ठुलो साथ र भरोसा मिल्यो, हामीप्रति उहाँहरुको विश्वास र उहाँहरु प्रति हामी जिम्मेवार भएकै कारण संस्थाले नियमित कारोबार गरिह्यो र कुनै पनि बचतकर्ता निराश हुनुपरेन ।” सबैको साथले सञ्चारले आफ्नो गरिमा जोगाउन सफल भएको जनाउँदै उहाँले संस्थालाई अझ मजबुत बनाउन आगामी आ.व देखि सञ्चालक र व्यवस्थापकले ऋण सुविधा लिन नमिल्ने व्यवस्था गरिएको पनि जानकारी दिए ।
जिल्ला सहकारी संघ कास्की सञ्चालक धनराज पूरीले सहकारीले नीति नियम भित्र रहेर कारोवार गर्दा समस्या भोग्नु नपर्ने भन्दै सञ्चालक देखि बचतकर्ता शेयर सदस्य सबैले आर्थिक अनुशासनलाई पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सञ्चालक सचिव पवित्रराज तिवारीले आगामी कार्ययोजना सहितको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष युवराज खनालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
त्यसैगरी लेखा समितिको वार्षिक प्रतिवेदन संयोजक गणेश पराजुलीले प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा सहकारीमा कार्यरत बजार व्यवस्थापक सनम नेपालीलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद पाँच हजार सहित सम्मान गरिएको थियो । संस्थामा ४ सय ५४ शेर सदस्य रहेका छन् भने शेयर पुँजी ८ करोड ५६ लाख २५ हजार रहेको व्यवस्थापक रेशम खड्काले जानकारी दिए ।
Prev Post