सुचना, समाचार र मनोरन्जन

बालकुमारी घटनामा थप एक जनाको मृत्यु

काठमाडौं /

बालकुमारी घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई पुगेको छ ।

Pach Pandav

यस अघि सुजन राउतको किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको पनि पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कोरियन भाषा परीक्षामा सहभागी हुन नपाएका युवाहरुले गाडी जलाएपछि भड्किएको हिंसामा परी २ जना गम्भीर घाइते भएका थिए।

आन्दोलनकारीले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेपछि प्रहरीसँग झडप भएको थियो। झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो।

Leave A Reply

Your email address will not be published.