सुचना, समाचार र मनोरन्जन

चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा: रवि लामिछाने

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चिकित्सकमाथिको कुटपिट अराजकताको पराकाष्ठा भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न माग गरे ।

लापरबाही र जटिलता आम जीवनले सजिलै छुट्याउन सकिने कुरा नभएको भन्दै उनले कुनै पनि बहानामा हुने यस्ता क्रियाकलापप्रति खेद प्रकट गरे ।

लामिछानेले डाक्टरमाथिको कुटपिटको घटनाबारे गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएका छन् । हेटौंडा–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै बुधबार चिकित्सकमाथि कुटपिट भएको थियो ।

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा। विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट गर्नेलाई बिहीबार पक्राउ गरिएको छ ।

Leave A Reply

Your email address will not be published.