सुचना, समाचार र मनोरन्जन

कांग्रेसले हावादारी सम्झौता गर्‍यो, जनतासँग माफी माग्नुपर्छः कमल थापा

काठमाडौं /

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी ठगीको छानबिनमा कांग्रेसले हावादारी सम्झौता गरेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा अध्यक्ष थापाले यस्तो हावादारी सम्झौता गर्नु थियो भने महिनौं सम्म संसद अवरुद्ध गरेर समय र करोडौं बर्बाद गरेको आरोप लगाएका हुन्।

उनले विपक्षी दलहरुले जनतासँग माफी माग्नुपर्ने र खर्चको क्षतिपुर्ति बुझाउनुपर्ने समेत बताएका छन्।

उनले भनेका छन्,

सहकारी विवाद र सम्झौता प्रकरणस् यदी यहि हावादारी सम्झौता गर्नुथियो भने महिनौंसम्म संसद अवरुद्ध गर्ने,समय वर्वाद गर्ने र करोडौं व्यय गराउने कंग्रेस र विपक्षी दलहरूले जनतासँग माफी माग्नुपर्छ र खर्चको क्षतिपूर्ति बुझाउनुपर्छ। किनभने यस्तो सहमतिकोलागि त सरकार धेरै अघि नै तयार थियो ।

Leave A Reply

Your email address will not be published.