सुचना, समाचार र मनोरन्जन

रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित

पोखरा /

रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

Pach Pandav

उपाध्यक्षमा नरबहादुर रिमाल, सचिवमा सन्दिप रिमाल, कोषाध्यक्षमा गंगा रिमाल, सह–सचिवमा सुशिल रिमाल निर्वाचित भएका छन् । सदस्यहरुमा क्रृषिराम रिमाल, यमप्रसाद रिमाल, गणेश रिमाल, लक्ष्मण रिमाल, भवानी शंकर रिमाल, पुरुषोक्तम रिमाल चयन भए ।

यसअगाडि रिमाल समाज गण्डकीको अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा रिमाल समाजका केन्द्रीय महासचिव रवि रिमाल, कुष्मा नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष रुद्र मोहन रिमाल, १२ का अध्यक्ष झलक प्रसाद रिमाल, सल्लाहकारहरु महेन्द्र रिमाल, लालुप्रसाद शर्मा रिमाल, डिल्लीराम रिमाल लगायतले बोलेको थिए ।

अधिवेशनमा गण्डकी प्रदेशका जिल्लाहरुबाट आएका रिमालहरुको सहभागीता रहेको थियो । नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको हुने निर्वतमान अध्यक्ष महेश्वर रिमालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.